LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

राजाबादी ठानिएका दुर्गा प्रसाईको समूह र नेकपा एमाले निकट युवासंघबीच मंसिर ७ गते हुने भनिएको संभावित भिडन्तको अवस्थालाई प्रशासनले टारेको दावी गरेको छ ।

मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघले एकै दिन प्रदर्शनको कार्यक्रम गर्दैछन् । जिल्ला प्रशासन कार्यालयले माइतीघरमा निषेधाज्ञा जारी गरेर दुई समूहलाई फरक–फरक ठाउँमा प्रदर्शन गर्न ठाउँ तोकेपछि दुई समूहबीचको संभावत भिडन्त टरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँगको समन्वयमा दुर्गा प्रसाईंले बल्खुमा र युवासंघले तीनकुनेमा कार्यक्रम गर्न राजी भएसँगै सम्भावित ‘मुठभेट’ टरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

प्रसाईंले लघुवित्त र सहकारी पीडितहरूको साथ लिएर प्रदर्शन गर्दैछन् । पूर्व राजा र अन्य अदृश्य शक्तिकेन्द्रले पनि प्रसाईंलाई साथ दिएको एक जना उच्च सुरक्षा अधिकारीले बताएका छन ।

विभिन्न २८ वटा समूह र संस्थाहरूले दुर्गा प्रसाईंको कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।
प्रसाईंले कार्यक्रम व्यवस्थापन गर्न ८६ जना संयोजक तोकेका छन् । यातायात व्यवस्थापन र सर्वसाधारणलाई काठमाडौँमा उतार्ने गरी फरक जिम्मेवारी सहितका संयोजक तोकिएका हुन् ।

गृह प्रशासनले प्रसाईंले गर्न लागेको प्रदर्शनलाई सूक्ष्म ढंगले निगरानी गरिरहेको छ । उपत्यका बाहिरबाट प्रसाईंले ५ हजार मानिस काठमाडौँमा ल्याउने गृह प्रशासनको आकलन छ । तर, दुर्गा प्रसाईंले विदेशमा रहेका

नेपालीहरू मध्येबाट मात्रै करिब २७ हजारले आफ्नो प्रदर्शनमा सहभागी जनाउन लागेको दाबी गरेका छन ।

उता युवासंघले तीनकुनेमा गर्ने प्रदर्शनमा करिब २० हजार मानिस भेला हुने सुरक्षा निकायको आँकलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय