LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेस गुल्मीले दोस्रो जिल्ला सम्मेलनमा १० हजार कार्यकर्ताका उतार्ने भएको छ ।

दुई दिने सम्मेलनको लागि ९ मंसिरमा चिदिचौरमा आमसभा र १० मंसिरमा इन्द्रेणी पार्टी प्यालेसमा बन्द सत्र गर्ने कार्ययोजना रहेको कांग्रेस जिल्ला कार्यसमिति सचिव भगतसिंह खड्काले जानकारी दिनुभयो ।

जसका लागि नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका नेता गुल्मी आउँदैछन् । सम्मेलनमा गुल्मी कांग्रेसले १० हजार कार्यकर्ता तम्घासमा उतार्न पालिकागत कार्ययोजना निर्माण गरेको छ ।

देशभर गणतन्त्र विरोधी गतिविधि बढिरहेका बेला १० हजार कार्यकर्तासहित केन्द्रीय सभापति देउवासहित नेता डाक्टर शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारी, चन्द्र केसीसहितका शीर्ष नेताहरू गुल्मी आउने भएपछि सम्मेलनलाई देशभरबाट चासोको रुपमा हेरिएको छ ।

जिल्ला कार्यसमितिको १४ कात्तिकको पूर्ण बैठकको निर्णय अनुसार सम्मेलन आयोजना गरेर व्यवस्थापनको लागि विभिन्न उपसमितिमार्फत काम भइरहेको खड्काले बताउनुभयो ।

कार्यकर्ताहरूमा उत्साह थप्न बृहत् सभाको आयोजना गरिएको नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताउनुभयो । उहाँले समग्र कांग्रेस कार्यकर्ताका लागि ९ मंसिरको सम्मेलन ऐतिहासिक हुने दावी समेत गर्नुभयो ।

सम्मेलनमा जिल्लाभरका एक हजार सात सय ४६ क्षेत्रीय प्रतिनिधिले बन्दसत्रमा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय