LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवल–७ सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजले त्रिवि अन्तरगत बिबिएस चौथो वर्ष २०८० को परीक्षामा नेपालभरीमै द्वितीय नतीजा हासिल गरेको दावी गरेको छ ।

अक्सफोर्डमा अध्ययनरत विद्यार्थी संगीता मरासिनीले त्रिवि अन्तरगतको बिबिएस चौंथो वर्षको परिक्षामा ८५ दशमलव ४ प्रतिशत अंक ल्याएर नेपाल द्वितीय भएको कलेजले दावी गरेको हो । २०६५ सालबाट संचालित बार्षिक प्रोग्रामहरु बिबिएस र बिएडका प्रोग्रामहरुमा उत्कृष्ट नतीजा ल्याएको अक्सफोर्डले २०८० सालको त्रिवि अन्तरगतको बिबिएस चौथो वर्षको परीक्षामा पनि उत्कृष्टता हासिल गरेको क्याम्पस प्रमुख मनोज मरासिनीले बताए ।

उनले ब्यावहारीक ज्ञानमुलक, सीपमुलक र समयापेक्ष तथा अभिभावकहरुको चाहनाअनुसार २०७५ सालबाट त्रिविअन्तरगतकै बिएचएम र बिआइएमका प्रोग्रामहरुमा पनि नेपाल प्रथम र प्रदेश प्रथमका उत्कृष्ट नतीजा हासिल गरेको बताए ।

कलेज प्रमुख मरासिनीका अनुसार हालै प्रकाशित त्रिवि अन्तरगतकै २०८० को बिविएस चौथो वर्षको नतीजामा कुल ९४ दशमलव ६ प्रतिशत सहित १६ जना विशिष्ट श्रेणीमा उतिर्ण भएका छन् ।

बिबिएस, बिएड, बिएचएम र बिआईएम संकाय अध्यायन गराउदै आएको अक्सफोर्डले २०७९ को बिएचएमको तेस्रो सेमेस्टरको परिक्षामा विद्यार्थी लक्ष्मण थापाले ३ दशमलव ९६ जिपिए ल्याएर नेपाल प्रथम बनेको कलेजका विभागिय प्रमुख बिष्णु बस्यालले जानकारी दिए । स्थापना कालदेखिनै अक्सफोर्डले उत्कृष्ट अंक ल्याउदै गरेको उल्लेख गर्दै उहाँले कलेजका बिभिन्न संकायमा एक हजार दुई सय ५३ विद्यार्थी अध्ययनरत रहेको बताए् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय