LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना कलौनीमा मंगलवारदेखि हुने ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ ।
दुधराक्ष युवा क्लवको आयोजनामा हुने प्रतियोगितामा १२ जिल्लाका खेलाडीहरुले प्रतिष्पर्धा गर्ने प्रतियोगिताका खेल संयोजक विष्णु पाण्डेले जानकारी दिनुभयो ।
दुधराक्ष युवा क्लवका अध्यक्ष किरण पोखरेलले  प्रतियोगिताको मंगलवार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उदघाटन गर्ने कार्यक्रम रहेको बताउनु भयो ।

प्रतियोगिताको पूर्व सन्ध्यामा सोमबार प्रतियोगिता स्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयबहादुर भट्टराईले भलिबल खेल नेपालको राष्ट्रिय खेल भएकोले यसको विकासका लागि प्रदेश खेलकुद परिषद सधै तत्पर रहेको बताउनु भयो ।

उहाँले सैनामैनामा हुन लागेको अन्तरजिल्ला भलिबल प्रतियोगिताले भलिवलको माध्यमबाट यो क्षेत्रमा खेलकुदको गतिविधि बृद्धि गर्न सहयोग पुग्ने बताउँदै प्रतियोगिताका लागि आवश्यक सहयोग गर्न खेलकुद परिषद तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।

भलिबल खेलको विकासविकाससँगै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका –६ कलौनीमा प्रतियोगिता हुन लागेको हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक बिष्णु पाण्डेले
प्रतियोगिताको तयारी सकिएको बताउँदै खेलाडीहरु आउने क्रम सुरु भएको बताउनु भयो । उहाँले प्रतियोगिता गर्न करिव १६ देखि १८ लाख खर्च हुने बताउँदै सवैको सहयोगले प्रतियोगिता सम्पन्न हुने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतियोगिताको उपाधी विजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफी, प्रमाणपत्र, उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपियाँ, ट्रफी, प्रमाणपत्र, तृतीय टिमले नगद ४४ हजार ४ सय ४४ रुपियाँ, ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरी सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपियाँ, ट्रफी प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपियाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपियाँबाट पुरस्कृत गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा क्लबका अध्यक्ष किरण पोखरेलले नेपालको राष्ट्रिय खेललाई प्रचार प्रसार र खेलाडीलाई प्लेटफर्म दिने प्रतियोगिताले सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

सैनामैना नगरपालिका ७ का वडाअध्यक्ष तथा खेलप्रेमी राजकुमार चौधरीले आफनो हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा आयोजना हुने उक्त प्रतियोगितामा दुई लाख रुपियाँ सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय