LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सार्वजनिक लेखा समितिका निवर्तमान सभापति तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार साहले सैनामैना ११ को बिचौवापुर र कञ्चन १ दानापुर ताल जोडने पुलको निरिक्षण गर्नुभएको छ ।
स्थानीयले पुलको पहुँच मार्ग सानो भएको गुनासो गरेपछि पूर्व सभापति साहले आईतवार पुलको अनुगमन गर्नुभएको हो ।

त्यस अवसरमा बोल्दै निवर्तमान सभापति साहले पुल निर्माण सम्पन्न भैसकेकोले अव पु्लको बाटो हुँदै आवतजावत गर्ने पहुँच मार्गलाई बढाउनु पर्ने बताउनु भयो । उहाँले त्यसमा आफूले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले विगतमा धेरै संघर्ष गरेर पुलको बजेट परेको बताउँदै अव फेरी स्थानीय जनताको माग अनुसार पुलको पहुँच मार्ग बढाउन आफूले प्रयास गर्ने बताउनु भयो । उहाँले पुल संचालनले यस क्षेत्रको समग्र विकास हुने विश्वास समेत ब्यक्त गर्नुभयो ।

गत बर्ष पूर्व सभापति साहले नै पुलको शिलान्यास गर्नुभएको थियो । पुल निर्माण सम्पन्न भैसकेको छ भने अव छिटै उदघाटन तयारी भैरहेको छ । सिंगल स्पान भएको उक्त पुलमा बिचमा कुनैपनि पिल्लर छैन । साहले विगतमा यो पुल बनाउन धेरै संघर्ष गर्नुपरेको स्मरण गर्नुभयो ।
यो पुलले सैनामैनाको वडा नं. ११ र कञ्चन गाउँपालिकाको वडा नंं १ दानापुरलाई जोडने छ । पुल निर्माण सम्पन्न भएपछि स्थानीयले निकै सुविधा पाएका छन । पुलको उदघाटन भने पछि हुने बताइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय