LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिकाले गत शुक्रवारदेखि सुरु गरेको पालिकाभित्र रहेका भुस्याहा (सामुदायिक) कुकुरहरुको बन्ध्याकरण शिविर सोमबार सम्पन्न भएको छ ।

चार दिन सञ्चालन भएको शिविरमा ४ सय ४६ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो भने रेबिज खोप समेत लगाइएको थियो ।

समापन कार्यक्रमा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनामा भुस्याहा कुकुरको संख्यामा अव कमी आउने विश्वास ब्यक्त गर्दै आगामी दिनमा पनि नगरपालिकाले बजेटको व्यवस्थापन गरेर यस प्रकारको कार्यक्रम गर्ने विश्वास दिलाउनु भयो ।

समापन कार्यक्रममा केन्द्रिय रिफरल पशु चिकित्सालय काठामण्डौंका प्रमुख शर्मिला चापागाई, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलका पशु चिकित्सक लोकराज भुसाल लगायतले बोल्दै भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण शिविर महत्वपूर्ण रहेको बताउनु भयो ।

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा पशु स्वास्थ्य प्राविधिक विष्णुप्रसाद घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो भने समापन कार्यक्रममा स्वागत सैनामैना नगरपालिकाका पशु स्वास्थ्य प्रमुख इन्द्रबहादुर खडकाले गर्नुभएको थियो ।
पालिकाभित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि बन्ध्याकरण गरिएको थियो ।
सैनामैना नगरपालिकाको आ.व २०८० ÷ ०८९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पशु बिकास शाखा र केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौको संयुक्त आयोजनामा शिविर आयोजना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय