LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सुरू भयो विवाहपञ्चमी, जनकपुरधाम क्षेत्रमा माछा–मासु र मदिरा निषेध
जनकपुरधाममा मंगलबारबाट विवाहपञ्चमी महोत्सव सुरू भएको छ। त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइन्छ।
विवाहपञ्चमी भव्य बनाउन जानकी मन्दिर झकिझकाउ बनाइएको छ भने रंगभूमी मैदान वरिपरि सरसफाइ गरिँदैछ। गिनिज बुकमा रेकर्ड दर्ज गराउन रंगभूमी मैदानमा ११ हजार फिटको अन्नबाट रामसीताको मूर्ति निर्माण गरिँदैछ। महोत्सवको आज पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज अपराह्न ४ बजे जानकी मन्दिर प्रांगणमा एकजना बालकलाई राम र बालिकालाई सीताको स्वरूप बनाइ नगरदर्शन गराइनेछ।
दोश्रो दिन, बुधबार फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाहोत्सव कार्यक्रम हुनेछ ।
महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुशन्तलाई बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।
विवाहपञ्चमी महोत्सवको अवसरमा जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाममा ‘मदिरा बिक्री वितरण तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण गर्न निषेध गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय