LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुकुमपश्चिममा नेपाली कांग्रेसले ७५ वटा असथायी आवास निर्माण गरेको छ । भूकम्पपीडितहरुका लागि निर्माण गरेका आवास कांग्रेसले हसतान्तरण समेत गरिसकेको छ ।
कांग्रेस रुकुमपश्चिमका प्रवक्ता लालबहादुर ओलीका अनुसार आठबीसकोट नगरपालिका भित्र ५० वटा र सानीभेरी गाउँपालिकामा २५ वटा अस्थायी आवास निर्माण गरिएको हो । आठबीसकोटमा पार्टीका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र सानीभेरीमा केन्द्रीय सदस्य गुरु बरालको नेतृत्वमा रहेको टोलीले अस्थायी आवास निर्माण सम्पन्न गरेको हो ।

आठविसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा निर्माण भएका ५० वटा र सानीभेरी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ७ , ८ र ११ मा निर्माण भएका २५ वटा अस्थायी आवास लाभग्राहीलाई हस्तान्तरण गरिएको प्रवक्ता ओलीले जानकारी दिनुभयो ।

कांग्रेसले रुकुमपश्चिममा पाँच सयवटा अस्थायी आवास निर्माणको योजना बनाएको जिल्ला पार्टी सभापति प्रेम प्रकाश ओलीले बताउनुभयो ।
उहाँका अनुसार टहरा निर्माणका लागि विभिन्न व्यक्तिहरुले जस्तापाता किन्न सहयोग गरेका छन् । अस्थायी आवास निर्माणको काम जारी रहेको सभापति ओलीले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय