प्युठानको ऐरावती गाउँपालिका –२ बरौलामा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जीप बिहीबार बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा मल्लरानी गाउँपालिका ३ का वडा सदस्य ५२ वर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो ।



उहाँका अनुसार नाच्दै गाउँदै हिंडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो । एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिंदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो ।
प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।




