रुपन्देहीको कञ्चन गाउँपालिकामा शनिवार निःशुल्क मुटुरोग बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कञ्चन गाउँपालिकाले यस बर्ष बिभिन्न संघ सस्थाहरु संग सहकार्य गरि बिभिन्न रोगका निःशुल्क शिबिर सञ्चालन गदै आएको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले बताउनु भयो । कञ्चन गाँउपालिका अलि ग्रामिण क्षेत्र रहेकोले यहाँ बिशेषज्ञ चिकित्सक नहुदा न्यून बर्गका स्थानियहरु स्वास्थ्य परिक्षण गर्नबाट बन्चित नहुन भन्ने उद्योश्यले शिबर सञ्चालन गरेको गौतमले बताउनु भयो ।
२ दिन सम्म चल्ने शिविरको पहिलो दिन गजेडी हेल्थपोस्टमा सञ्चालन भएको शिविरमा २०३ जना स्थानियले सेवा लिएका थिए । त्यस मध्ये १५५ जनाले ईसिजि र १५ जनाको इको परिक्षण गरिइकोे गजेडी स्वास्थ्य चौकी प्रमुख गिताराम रिजालले बताउनु भयो ।
कञ्चन गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष टेकबहादुर गुरुङ्गको परिक्षण गरि शुरु भएको शिविरमा डा नबिन पहाडी, डा. महेश्वर हेजु लगाएत ओजेल हेल्थकेयरको टिमले स्वास्थ्य परिक्षण गरेको थियो । शिविरमा मुटुरोग सम्बन्धी जाँच, परिक्षण तथा परामर्स सेवा प्रदान गरिएको थियो ।








