LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ६ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको ४१ औं बार्षिकोत्सवको अवसरमा आईतवार छात्रबृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बार्षिकोत्सव कार्यक्रम साताब्यापी मनाउने अभियान अन्तरगत आईतवार छात्रबृत्ति तथा पुरस्कार वितरण गरिएको हो ।

विद्यालयका रेडक्रस विभागका संयोजक केशवराज ज्ञवालीले विद्यालयलमा हरेक शुक्रबार अतिरिक्त कृयाकलाप अन्तरगत विभिन्न रचनात्मक कार्यक्रम हुने गरेको बताउँदै बार्षिकोत्सवको अवसरमा ४० भन्दा बढी इभेन्टमा विभिन्न प्रतियोगिताहरु भएको र विद्यार्थीहरुका उत्साहपूर्ण सहभागिता रहेको बताउनु भयो ।


त्यसैगरि विद्यालयका अतिरिक्त कृयाकलाप विभाग प्रमुख दुर्गाप्रसाद भुसालले बिद्यालयले सैनामैनामा मात्रै नभै जिल्ला र राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँदै विद्यालयले आफ्नो ४१ औं बार्षिकोत्सव मनाउँदै गर्दा विभिन्न कृयाकलापका साथै साताब्यापी साहित्यिक, हाजिरीजवाफ लगायतका कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

त्यसैगरि विद्यालयका खेलकुद विभाग प्रमुख परशुराम चौधरीले बार्षिकोत्सव मनाउने क्रममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको बताउँदै नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुको खेलक्ुदको रुची अन्ुसारको प्रतियोगिताले विद्यार्थीमा खेल क्षेत्रमा अघि बढ्न सहयोग मिल्न्ुका साथै आफ्नो प्रतिभा प्रस्फुटन गरेको बताउनु भयो ।


सैनामैना नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष गोपाल पोखरेलको अध्यक्षता र सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेलबासेको प्रमु्ख आतिथ्यतामा भएको कार्यक्रममा १३० जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नुका साथै खेलकुदमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय