LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन ३ मा रहेको हरैया माध्यमिक बिद्यालयले बिद्यालयमा कार्यरत पुर्व शिक्षक तथा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुलाई सम्मान गरेको छ । बिद्यालयले एक बिशेष कार्यक्रमको आयोजना गरी बिद्यालयको शैक्षिक तथा भौतिक पुर्वाधार बिकासमा योगदान दिई बिभिन्न समयमा अवकास तथा अन्य बिद्यालय र कार्यक्षेत्रमा गएका शिक्षक, कर्मचारी तथा व्यबस्थापन समितिका पदाधिकारीहरुलाई सम्मान गरेको हो।


कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कुनैपनि क्षेत्रको बृत्तिबिकासका लागि त्यस क्षेत्रमा लामो समयसम्म काम गरी अनुभव संगालेका पुर्वजहरुको सम्मान र एकआपसमा अनुभव आदान प्रदान गर्नु जरुरी रहेको बताउनु भयो ।अध्यक्ष ढकालले कुनैपनि क्षेत्रमा हुने र भएगरेका बिकासका कार्यहरुलाई दिगो बनाउन मानविय बिकास हुन आवस्यक रहेको र उक्त मानविय बिकासका लागि शिक्षाको बिकास हुनु पर्नेमा जोड दिनुभयो ।

कञ्चन गाउपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले आफु पालिका अध्यक्ष हुँदा बिद्यालयको शैक्षिक स्तरलाई बृद्धि गर्ने र त्यसका लागि ग्रिन स्कुल, क्लिन स्कुल र पिस स्कुलको अवधारणा ल्याएको बताउनु भयो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बिद्यालयका पूर्व प्रधानाध्यापक तथा हरैया बहुमखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष चुडामणी शर्माले पनि विद्यालय शैक्षिक हबका रुपमा विस्तार हुँदै गएको बताउनु भयो । शिक्षक कलाधर ढकालले संचालन गर्नुभएको कार्यक्रममा शिक्षिकहरु सरिता आचार्य र सुमित्रा भुसालले कविता गजल प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय