LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

चीनमा भूकम्प जाँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कान्सुमा एक सय जनाको ज्यान गएको छ । त्यसैगरी छिङ्हाइमा ११ जनाको ज्यान गएको विवरण छ । भूकम्पले यातायात, सञ्चार, विद्युत् तथा पानीको आपूर्ति बन्द भएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो छ ।

चीनका राष्ट्रपति सी जिन पिङले मध्यरातमा गएको भूकम्पपछि प्रभावित मानिसको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न खोजी र उद्धारमा जुट्न र आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् । क्षति न्यूनीकरण गर्न समयमै घाइतेहरूको उद्धार र उपचार गर्न र भूकम्पको अवस्था र मौसम परिवर्तनलाई नजिकबाट नियाल्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय