LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

चितवनबाट झण्डै चार क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन सय ९६ किलो गाँजासहित भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थानाका ४५ वर्षीय अनिल गिरी र कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह पक्राउ परेका हुन् ।

उनीहरुलाई प्रहरीले हिजो बेलुका सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ को आँपटारीबाट पक्राउ गरिएको हो ।

उनीहरुले भारतीय नम्बर प्लेटको ट्रकमा क्याबिनको भागमा फल्स बटम बनाइ प्लास्टिकको बोरामा २८ पोका गाँजा लुकाइ–छिपाइ ल्याउँदै गरेका थिए । प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई लागुऔषध ओसारपोसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय