LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवल । बुटवलमा आज बिहिबारदेखि लुम्बिनी एक्स्पो सुरु हुँदै छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ हुने एक्स्पोको पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

 

यहि पुसको १८ गतेसम्म हुने एक्स्पोमा ६ सय स्टल रहेका छन् । जसमा होटल तथा रेष्टुरेन्टका २३ वटा, उनी, गार्मेन्ट तथा तयारी पोशाकका १४१, अन्तर्राष्ट्रिय १०, र कृषिका ४३ स्टल रहेकाछन् । यसैगरशि ब्यागरजुत्ताचप्पल(६८, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी(७८, श्रृंगार, उपहार तथा खेलौना(५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान(५३, बैंकरवित्तीय संस्था एवं शैक्षिक संस्था(१८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस(६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स(१६, आइसक्रिम तथा वेकरीज(१८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस(८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहेको मेला मूल आयोजक समितिका संयोजक, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी गराए ।

मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिईएको छ । मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवर्द्धनात्मक प्रचारप्रसार गरिने पनि उनले बताए । कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिल भएको बेला यो मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण हुने आयोजकको दाबी छ ।

मेलामा डान्स आइडल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता, र्याप गीत प्रतियोगिता र भजन प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय