LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना तथा छत्रदेव गाउँपालिकाको सहयोग तथा समन्वयमा छत्रदेव गाउँपालिका अन्तर्गत महेन्द्र विद्यावोध नेत्रलाल राममणी माध्यमिक विद्यालय छत्रदेव ४ बल्कोट, र सरस्वती माध्यमिक विद्यालय छत्रदेव ८ सूर्यथुममा सामुदायिक विद्यालयका किशोरीहरुको रक्तअल्पता परिक्षण तथा व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

बल्कोटमा भएको कार्यक्रममा विद्यालयका प्राध्यापक दिननाथ पराजुलीको अध्यक्षता, छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे, स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपाली, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख मणिराम पराजुली, कार्यक्रमका फोकल पर्शन विजय वि क, शिक्षा शाखा प्रमुख तुल्सीराम न्यौपाने, पत्रकार नविन रसाइली, स्वास्थ्यकर्मी, विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो

भने सूर्यथुममा भएको कार्यक्रमको अध्यक्षता सहायक प्रधानाध्यापक मान बहादुर पौडेलको अध्यक्षता, गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यता,स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपाली, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख मणिराम पराजुली, कार्यक्रमका फोकल पर्शन विजय वि क, स्वास्थ्यकर्मी, विलालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा २६७ जना किशोरीहरुको रगत परीक्षण गरिएकोमा करिव ४ ५ किशोरीहरुमा समान्य खालको रक्त अल्पता भएको पाइएको थियो भने बाँकी सबैको अवस्था सामान्य रहेको पाइएको थियो । कार्यक्रममा अर्घाखाँची अस्पताल तथा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रयोगशालाकर्मीहरुले सेवा प्रदान गर्नु भएको थियो भने स्थानीय स्वास्थ्यकर्मी तथा विद्यालयका शिक्षक शिक्षिकाहरुले सहयोग गर्नु भएको थियो । छत्रदेव गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपानेको सञ्चालन तथा सहजीकरणमा कार्यक्रम सप्पन्न भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय