LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 

ठगीसम्बन्धी मुद्दामा कास्कीको पोखरा महानगरपालिका वडा नं।६ का वडा सदस्यसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । लेकसाइडको फुटट्रायकमा फोटोग्राफी गर्नेहरुलाई विभिन्न किसिमबाट धम्काई ठगी गरेको अभियोग उनीहरुमाथि छ ।

पोखरा ६ लेकसाइड बस्ने ४१ वर्षका विकास पहारी, सोही ठाउँका वर्ष २२ का प्रवीन विश्वकर्मा, वर्ष २४ का अभिषेक परियार,, अभिषेक बराल र पोखरा ६ खहरे बस्ने ४२ वर्षीय दीपेन्द्र पहारी कारागार चलान भएका हुन् ।

दीपेन्द्र पोखरा महानगरपालिका वडा नं। ६ का वडा सदस्य हुनुहुन्छ । उनीहरु चारै जनालाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

यसैबीच, पहिल्लो क्रममा पोखरा महानगरका जनप्रतिनिधि विभिन्न अपराधमा मुछिने क्रम बढेको छ । पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी सहकारी ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार हुनुहुन्छ भने पोखरा पोखरा ९ का वडा सदस्य भावना श्रेष्ठ न्यायिक समितिमा घूस लिने काण्डमा मुछिनुभएको छ ।

पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले साढे चार महिना कैद हुने फैसला भएको गरेको छ । सोही वडाकी सदस्य मैयाँ नेपालीले अधिकारीले जातीय छुवाछूत तथा दुर्व्यवहार गरेको अभियोग उहाँलाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय