LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

केशब पन्थी  / छत्रगंन्ज रुपन्देही सम्पर्क समाज बुटवलको आयोजनामा एक दिने बृहत निस्शुल्क स्वास्थ्य शिविर छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयमा आज सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा एडमण्ड सिटि हस्पिटलका काडियोलोजीस्ट डा प्रकृतिराज कडेल, प्रस्तुति तथा महिला रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेती, जनरल फिजिसियन विशेषज्ञ डाक्टर केशब राज शर्मा,मेडिकल अफिसर डाक्टर रोहित खड्का,डाक्टर विकाश घिमिरेले सेवा दिनुभएको थियो।

गाउँमा स्वास्थ्य शिविर ल्याउदा गरिब तथा रोग लुकाएर बसेका आमाबुबा तथा दिदी बहिनिहरुलाई निस्शुल्क उपचार गराउने उदेश्य लिएर कार्यक्रम आयोजना गरिएको र अहिलेसम्म ६०० जनाले उपचारको लागि टिकट लिई सकेको छत्रगंन्ज रुपन्देही सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे, एडमण्ड सिटि अस्पतालका अध्यक्ष प्रकाश राना, छत्रदेव गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपाने, वार्ड नम्बर ५ का अध्यक्ष बालकृष्ण पोखरेल, वार्ड नम्बर ६ का अध्यक्ष कमल पौडेल, वार्ड सदस्यहरु , स्थानीय व्यावसायि टिन प्रसाद प्रधान,लगायतको सहभागी रहेको थियो। कार्यक्रमको संन्चालन छत्रगंन्ज रुपन्देही सम्पर्क समाजका सचिव विराज पौडेलले गर्नु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय