LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ९ मा रहेको जनचेतना माध्यमिक विद्यालयको ४० औं बार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ ।

बार्षिकोत्सव तथा अभिभावक दिवसको एक समारोहका बीच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गर्नुभयो । उदघाटन मन्तब्य ब्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले पछिल्लोसमय रुपन्देहीका सामुदायिक विद्यालयले शिक्षाको क्षेत्रमा आमूल परिवर्तन गर्दै गएको बताउँदै जनचेतना माध्यमिक विद्यालयले समेत शिक्षामा अब्बल आउने गरि नमूना नतिजा देखाउन आग्रह गर्नुभयो ।

त्यसैगरी सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रवहादुर कार्कीले सैनामैनाका सरकारी स्कुलको दुरावस्थाप्रति प्रकाश पार्दै सैनामैना नगरपालिकाले सरकारी स्कुललाई बेवास्ता गरेर बोर्डिङ स्कुललाई तीन लाख सेनेटरी प्याड किन्न पैसा दिएको बताउनु भयो । उहाँले देशभरका ७५३ स्थानीय पालिकाहरुमध्ये सैनामैनामात्रै सरकारी स्कुलको गास काटेर बोर्डिङलाई लगानी गरिएको जिकिर गर्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष भानुभक्त पाण्डे, सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र पुरी, विद्यालयका प्रधानाध्यापक कमल बेलबासे लगायतले विद्यालयको विषयमा बोल्नुभएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज आत्रेयको अध्यक्षतामा भएको बार्षिकोत्सव उदघाटन कार्यक्रममा स्वागत शिक्षक बिमला खनालले स्वागत गर्नुभएको थियो । बार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न खेल प्रतियोगितामा बिजयी विद्यार्थी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने अक्षयकोषबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय