LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ मा भएको प्रथम लुम्बिनी प्रदेश स्तरिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता शनिवार समापन भएको छ ।

पौष ६ र ७ गते गरि दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको शुक्रबार लुम्बिनी प्रदेश खेलकुद परिसदका सदस्यसचिव जयप्रकास भट्टराईले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका साथै आमन्त्रिण रुपमा काठमाण्डौ, मकवानपुर लगायतका गरि १७ ओटा टिमका १४० जना खेलाडिले सहभागिता जनाएको आयोजक रामापुर तेक्वान्दो डोजाङ्गका प्रमुख ज्ञानबहादुर सुन्दौलीले बताउनु भयो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ तेक्वान्दो खेललाई प्रर्वदन गर्न कुनै सरकारले चासो नदेखाएपछि सबैसंग आर्थिक सहयोग उठाएर खेल सञ्चालन गर्नु परेको राष्ट्रिय तेक्वान्दो संघका जिल्ला सदस्य लोकेन्द्र बहादुर पुन मगरले बताउनु भयो ।

प्रतियोगितामा चन्द्रागिरि तेक्वान्दो डोजाङ काठमाण्डौंले १२ स्वर्ण, दुई रजत, तीन कास्यगरि प्रथम भएको छ । आयोजक रामापुर डोजाङले चार स्वर्ण, तीन रजत, पाँच कास्य गरि दोश्रो भएको छ भने इस्मा तेक्वान्दो डोजाङ गुल्मीले चार स्वर्ण, एक रजत र एक कास्यमा विजय हासिल गर्दै तेश्रो स्थान प्राप्त गरेका छन ।
रामापुर तेक्वान्दो डोजाङ्गका प्रमुख ज्ञानबहादुर सुन्दौलीको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन समुन्द्र भित्रकोटीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय