LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ८ बाँसगढीमा १२१ लघुरुद्रीय महा अनुष्ठानको दोश्रो लघुरुद्रीय अनुष्ठान सम्पन्न भएको छ । भगवती बास्तु तथा ज्योतिष सेवाले आयोजना गरेको लघुरुद्रीय अनुष्ठानमा स्थानीय सैनामैनाका सयौं हिन्दु धर्मावलम्बीहरुको सहभागिता रहेको थियो ।

बैदिक सनातन धर्म संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको अनुष्ठानमा आचार्य ज्योतिष अनुप पौडेल, संकल्पकर्ता ज्योतिष विष्णु पौडेल र ज्योतिष जनक लम्सालले बैदिक धर्म संरक्षणमा सवै हिन्दु धर्मावलम्बीहरु एकजुट हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले १२१ लघुरुद्रीय महाअनुष्ठानको आयोजनाले विश्वमा भैरहेको नकारात्मक तरंगहरु आईरहेका छन र नकारात्मक कुरा आईरहेको अवस्थामा यी सवै नकारात्मक पक्षको शुद्धिकरणका लागि भएको होम, जाप र पुजाले विश्व शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं. ३ का संघीय सांसद दिपक बोहराका सुुपुत्र तथा धार्मिक ब्यक्तित्व समाजसेवी प्रजन बोहराले धर्म संस्कृति संरक्षणमा यस प्रकारका कार्यक्रममा ठूलो सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमले निरन्तरता पाउने विश्वास ब्यक्त गर्नुभयो ।

समाजमा विद्वेष बढ्दै गएको र विश्व युद्धले आक्रान्त भैरहेको अवस्थामा विश्व शान्तिको समेत कामना गर्ने उद्देश्यले १२१ लघुरुद्रीय महाअनुष्ठान गरिएको आयोजकले जनाएका छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय