LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ८ बाँसगढीमा १२१ लघुरुद्रीय महा अनुष्ठानको दोश्रो लघुरुद्रीय अनुष्ठान सम्पन्न भएको छ । भगवती बास्तु तथा ज्योतिष सेवाले आयोजना गरेको लघुरुद्रीय अनुष्ठानमा स्थानीय सैनामैनाका सयौं हिन्दु धर्मावलम्बीहरुको सहभागिता रहेको थियो ।

बैदिक सनातन धर्म संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको अनुष्ठानमा आचार्य ज्योतिष अनुप पौडेल, संकल्पकर्ता ज्योतिष विष्णु पौडेल र ज्योतिष जनक लम्सालले बैदिक धर्म संरक्षणमा सवै हिन्दु धर्मावलम्बीहरु एकजुट हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले १२१ लघुरुद्रीय महाअनुष्ठानको आयोजनाले विश्वमा भैरहेको नकारात्मक तरंगहरु आईरहेका छन र नकारात्मक कुरा आईरहेको अवस्थामा यी सवै नकारात्मक पक्षको शुद्धिकरणका लागि भएको होम, जाप र पुजाले विश्व शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं. ३ का संघीय सांसद दिपक बोहराका सुुपुत्र तथा धार्मिक ब्यक्तित्व समाजसेवी प्रजन बोहराले धर्म संस्कृति संरक्षणमा यस प्रकारका कार्यक्रममा ठूलो सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमले निरन्तरता पाउने विश्वास ब्यक्त गर्नुभयो ।

समाजमा विद्वेष बढ्दै गएको र विश्व युद्धले आक्रान्त भैरहेको अवस्थामा विश्व शान्तिको समेत कामना गर्ने उद्देश्यले १२१ लघुरुद्रीय महाअनुष्ठान गरिएको आयोजकले जनाएका छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय