LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना वडा नं. ३ मा रहेको सुनखानी कृषि सहकारी संस्थाको ६ औं बार्षिक साधारण सभा बुधवार सैनामैनामा सम्पन्न भएको छ । साधारण सभाको एक समारोहका बीच सप्तऋषि सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर बानियाले उदघाटन गर्नुभयो ।

त्यस अवसरमा बोल्दै प्रमुख अतिथि सप्तऋषि सहकारीका अध्यक्ष प्रेमबहादुर बानियाले सहकारीमा लामो समयदेखि काम गर्दै आएकोले सहकारी चलाउने बिषयमा विज्ञ नै भैसकेको बताउँदै तर अझै कमी कमजोरी भए सुधार गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले सहकारीलाई अघि बढाउन सहकारीका सदस्यहरुको जुन भूमिका र सक्रियता देखिएको छ त्यो सराहनीय छ भन्दै खासगरि महिला दिदी बहिनीहरु सहकारीमा सदस्य भएर सहकारीको प्रगतिमा धेरै योगदान गरिरहेको बताउनु भयो ।

 

त्यसैगरी कार्यक्रममा सैनामैना नगरपालिकाका सहकारी विभाग प्रमुख रामकुमार भट्टराईले सुनखानी कृषि सहकारीले सैनामैनाको कृषि क्षेत्रको विकासमा योगदान पु¥याउने विश्वास ब्यक्त गर्नुभयो ।
सहकारीका अध्यक्ष अशोक खडकाको सभापतित्वमा भएको कार्यक्रममा साझा टेलिभिजन एचडीका प्रवन्ध निर्देशक भुवन जिसी, सहकारी विभाग सैनामैना नगरपालिकाका प्रमुख रामकुमार भट्टराई लगायतले बोल्नुभएको थियो ।

सहकारीका ब्यवस्थापक रामबहादुर बानियाँको संचालनमा भएको कार्यक्रममा स्वागत सचिव सागर खनालले गर्नुभएको थियो ।
आर्थिक बर्ष २०७०÷०७१ सालमा स्थापना भएको सहकारीले २०८१ असार मसान्तसम्म शेयर सदस्यको संख्या तीनसय पु¥याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय