LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगर कार्यपालिकाको चौधौं नगर सभा सम्पन्न भएको छ । नगर सभामा नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले आर्थिक बर्ष २०८०÷०८१ को हालसम्मको अवस्था र भए गरेका कामहरुको विवरण प्रस्तुत गर्नुभएको थियो ।
नगर प्रमुख शर्माले स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, शिक्षा, युवा तथा खेलकुद, कृषिको विकास लगायतका क्षेत्रमा भैरहेका कामको जानकारी गराउनु भएको थियो ।

नगरपालिकाले चालू आर्थिक बर्षको करिव ६ महिनामा आर्थिक विकासतर्फ ७ करोड २४ लाख ३ हजार ४ सय ३६ रुपैया विनियोजन भएकोमा एक करोड ७६ लाख ५२ हजार २ सय ८२ रुपैया अर्थात २४ दशमलव ३८ प्रतिशतमात्र खर्च गर्न सफल भएको छ ।

त्यसैगरि सामाजिक विकासतर्फ ३६ करोड १० लाख ४२ हजार विनियोजन भएकोमा ७ करोड ८८ लाख ७६ हजार अर्थात २१ दशमलव ८५ प्रतिशत खर्च भएको छ ।
पूर्वाधार विकासतर्फ ४६ करोड ३६ लाख ८७ हजार ९ सय विनियोजन भएकोमा हालसम्म १ करोड ३७ लाख ५२ हजार रुपैया अर्थात २ दशमलव ९७ प्रतिशतमात्र खर्च भएको छ । सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा २ करोड १३ लाख ५८ हजार रुपैया विनियोजन भएकोमा १७ लाख ३३ हजार अर्थात ८ दशमलव ११ प्रतिशतमात्र खर्च गर्न सफल भएको छ ।


नगरसभामा प्रगति विवरण प्रस्तुत गर्दै नगर प्रमुख शर्माले नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख र समावेश भएका बिषयहरुलाई नै प्राथमिकताका साथ कार्यान्वयन गर्दै लगेको बताउनु भयो । पालिकाले स्वास्थ्य, ज्येष्ठ नागरिक, शिक्षा, कृषि, पूर्वाधार विकास, सुशासन, महिला तथा बालबालिका, युवा तथा खेलकुद, भूमिहिन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नापजाँचको काम तीब्ररुपमा भैरहेको उल्लेख गरिएको छ । नगर प्रमुखको प्रगति विवरणमा संघीय र प्रदेश सरकारले पालिकालाई पठाउने अनुदान लगायतको रकम ढिलो गरि पठाउँदा विकास निर्माणका काममा बिलम्ब भएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय