LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा न ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले क्याम्पस सभा २०८० सम्पन्न गरेको छ । बुटवलदेखि पश्चिम शैक्षिक हवको रुपमा विकसित हुदै गएको क्याम्पसले सनिबार एक कार्यक्रमको आयोजना गरी क्याम्पस सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका रुपन्देही निर्वाचन क्षेत्र न ५,का सासद बाशुदेव घिमिरेले क्याम्पसका सकारात्मक काममा आफनो पुर्ण सहयोग रहने बताउनु भयो । नेपालमा योजनाबद्ध तरिकाले बिकास कार्य अगाडी बढाउन नसक्दा समस्याहरु देखिएको बताउनुभयो। शिक्षा क्षेत्रमा पनि कतै धेरै विद्यार्थी र कहि कम बिद्यार्थी सङ्ख्या हुनु यसैको उपज भएक बताउनुभयो ।

यस्तै सैनामैना नगरपालिकाका निवर्तमान मेयर चित्रबहादुर कार्कीले अब क्याम्पसले प्राविधिक विषयहरु पनि थप्दै जानुपर्ने बताउनु भयो।
कार्यक्रममा बोल्ने सबैजसो वक्ताले विद्यार्थी दर वढाउदै नेपालमा बिक्ने र टिक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका थिय । कार्यक्रममा क्याम्पस प्रमुख हेम बहादुर थापाले क्याम्पसको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी र पुर्व क्याम्पस प्रमुख एवम् लामो समय योगदान दिनुभएका प्राध्यापक र कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीका नृत्य, गीत र कविताले कार्यक्रममा थप आकर्षक थपेको थियो।
कार्यक्रम क्याम्पस सञ्चालन समिति अध्यक्ष बालकृष्ण गैरेको अध्यक्षता ,रुपन्देही निर्वाचन क्षेत्र न ५,का सासद बाशुदेव घिमिरेको प्रमुख आतिथ्यता र सञ्चालन समिति सदस्य कृष्ण पोखरेलको स्वागत एवम् सह प्राध्यापक प्रकाशमणि खनालको संचालनमा सम्पन्न भएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय