गुल्मी जिल्ला, अर्घाखाँची जिल्ला, र पाल्पाको संगम स्थानमा रहेको खर्ज्याङ पब्लिक हेल्थ लिमिटेडको आठौं साधारण सभा तथा अधिबेशन आज सप्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय अर्घाखाँचीका प्रमुख जिबनारायण कोईराला, विशिष्ट अथिती जिल्ला समन्वय उप(प्रमुख लक्ष्मी ज्ञावाली, अथिती छत्रकोट गाउँपालिका गुल्मीका प्रमुख राम प्रसाद पाण्डे, डाक्टर यम बहादुर बस्नेत,नेपाली काङ्ग्रेस गुल्मीका उपसभापति अनन्त पौडेल,अस्पतालका प्रबक्ता प्रकाश ज्ञावाली,सल्लाहकार समिति सदस्य बोधराज ज्ञावाली, प्रधानमन्त्री सल्लाहकार कार्यालयका सदस्य रामलाल पराजुली, लुम्बिनी मेडिकल पाल्पाका कार्यालय सचिव कृष्ण प्रसाद पराजुली , अर्घाखाँचीका सेर सदस्य नारायण खनाल,लगायतका बक्ताले अस्पतालले गुणस्तरीय सेवालाई अगाडि बढाउनु पर्नेमा जोडदिनु भएको थियो। अस्पतालका अध्यक्ष सरोज पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे।







