रुपन्देहीको सैनामैना ४ मा रहेको लुम्बिनी कृषि तथा पशुपंक्षी विकास सहकारी संस्थाले प्रांगारिक मल उद्योग स्थापना गरेको छ । मल उद्योगको आईतबार एक कार्यक्रमका विच रुपन्देही जिल्लाका जिल्ला संमन्वय समिति प्रमुख उमाकान्त चपाईंले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख चपाईंले किसानले उत्पादन गरेको पशु चौपायबाट संकलन गरिएको प्रांगारिक पदार्थबाट मल उत्पादन गरी विक्रि वितरणको लागि सुरुवात गरिएको मल उद्योले सफलता पाउनेमा आफु विश्वस्त रहेको बताउनु भयो । उहाँले सबैको साझा अभियानबाट यो उद्योगले सफलता पाउने बताउनुभयो ।
सैनामैना नरपालिका प्रमुख फाण्ीन्द्र प्रसाद शर्माले नगरपालिकाबासीहरुले प्रांगारिक मल प्रयोग गर्दा सैनामैनामानै उत्पादित मल प्रयोगमा जोड दिनुपर्ने भन्दै नगरपालिकाबाट मल उद्योगको प्रर्वद्धन, विकास, वृद्धिका लागि सहयोग मिल्ने बताउनु भयो । उहाँले किसान लाई सहकारी मार्फ उद्यमशितामा जोड्ने काम आफैमा नमुनायोग्य काम भएको भन्दै यसमा आफुले सक्दो सहयोग गर्ने भनाई छ । मल उद्योग उद्घाटन कार्यक्रममा राष्ट्रिय उद्योग संघ भारतका अध्यक्ष सुनिल माण्डव्यले नेपालमा उद्योगको संभावना प्रचुर रहेको भन्दै जंगलमा खेर गैरहेका बनस्पतीहरुलाई समेत मलको रुपमा प्रयोग गर्न सकिने बताउनुभयो ।



सैनामैना नगरपालिका पुर्व नगर प्रमुख चित्र बहादुर कार्कीले किसान मैत्री राष्ट्रिय नीति नभएको कारण अहिलेको समस्या आएको भन्दै यसको लागि राष्ट्रिय नीति नै किसान मैत्री, कृषिमा जागरण गराउने खालको हुनु पर्ने बताउनु भयो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख दिपक भुषालले उद्योगको लागि आवश्यक पर्ने ड्रायर मेसीन अनुदानमा उपलब्ध गराउनको लागि मन्त्रालय लगायतका सिलिङ सहितको विवरण पठाएर अर्को बर्ष पुरा गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिव प्रसाद अर्याल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका पशु चिकित्सक लोकराज भुषाल, कृषि विकास बैक लिमिटेड सैनामैना शाखा, प्रबन्धक भोजराज भण्डारी, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम खड्का लगायतले आ आफ्नो निकायबाट सहयोग गर्ने प्रतिवद्धता समेत जानएका थिए ।
सहकारी संस्थाका व्यवस्थापक प्रेम प्रसाद पौडेलका अनुसार विभिन्न फार्मबाट संकलन गरिएको कम्पोष्ट मल लाई संकलन गरी, प्रसोधन गरेर मल उद्योगबाट स–साना दानाको रुपमा मल उत्पादन हुने जानकारी दिनुभयो । सहकारीका अध्यक्ष शुनिल अर्यालले प्रांगारिक मल उद्योगबाट सैनामैनाका किसान लाई लाभांवित गर्न सकिने बताउनु भयो । मल उद्योग स्थापनाको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाको १३ लाख अनुदानमा १६ लाख लागतको ड्रायर मेसीन खदि गरी कम्पोष्ट मल उत्पादन सुरु गरिएको सहकारीका सदस्य ईश्वरीले भण्डारीले जानकारी दिनुभयो ।




