LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकाले वडा नं. १, ३ र ५ न. वडामा वडाका जेष्ठ, विपन्न, असाहय, फरक क्षमता भएकाहरुका लागि जाडोमा न्यानो कपडा वितरण गरेको छ। तिन वडाका ३ सय जेष्ठ, विपन्न, असाहय, फरक क्षमता भएकाहरुलाई पालिकाको विपद कोषबाट जाडोमा न्यानो कपडा वितरण गरेको हो।

न्यानो कपडा वितरण गर्दै वडा न. १ का कार्यवाहक वडा अध्यक्ष लेखनाथ ढकालले सामान्य नागरिकहरुको अभिभावक भनेकै नजिकको स्थनीय तहको रुपमा रहेको पालिका र वडा कार्यलय भएकोले जाडोको समयमा जेष्ठ, विपन्न, असाहय, फरक क्षमता भएकाहरुलाई सुरक्षित राख्न थोरै भएपनि राहत मिल्न सक्छ भन्ने उद्धेश्यका साथ गाउपालिकाले पालिकाको विपद कोषबाट जाडोमा न्यानो कपडा वितरण गरेको बताउनु भयो।

यसैगरी वडा न. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले जाडो समयमा आर्थिक रुपमा कमजोर भएका परिवार, जेष्ठ नागरिक र शारिरीक रुपमा अपाङ्गता भएकाहरुलाई न्यानोको अभावले उनिहरुको स्वास्थ्य समस्या आइपर्ने भएकोले केही भएपनि न्यानोको राहत दिलाउन वडा कार्यालय मार्फत न्यानो कपडा वितरण गरिएको बताउनु भयो।

वडा न. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले मौसम परिर्वनसंगै मानविय जिवनको नियमित कृयाशिलतालाई समेत प्रभाव पार्ने र शारिरीक रुपमा अस्वस्थता उत्पन्न हुने भएकोले त्यस्तो अवस्थामा मौसम अनुकुल आफुलाई सुरक्षित राख्ने उपायहरु अवलम्बन गर्नु पर्नेमा जोड दिनु भयो। जाडो मौसममा विपद ब्यबस्थापन कोषबाट आफ्ना नागरिहरुलाई आर्थिक रुपमा कमजोर भएका परिवार, जेष्ठ नागरिक र शारिरीक रुपमा अपाङ्गता भएकाहरुको जिवन अझै कठिन हुने भएको महसुस गरी थोरै भएपनि राहत दिन जाडोमा न्यानो कपडा प्रदान गरिएको वडा अध्यक्ष पौडेलले जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय