LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपालको चार धाममध्येको एक रिडी रुरु क्षेत्र धाममा संक्रान्तिको विशेष मेला लागेको छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको रुरुधाम क्षेत्र रिडीमा आज सोमबारदेखि विशेष मेला सुरु भएको हो ।
मेला भर्न आएका हजारौँ भक्तजनले पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीस्थित कालीगण्डकी नदी किनारमा स्नान गर्ने प्रचलन छ । यस्तै, नदी तटमा रहेको ऋषिकेश मन्दिरमा पुगेर विशेष पूजा गर्ने भक्तजनको भीड बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले जानकारी दिनुभयो ।

नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनले पवित्र धाम रिडी क्षेत्र एकदिन अघिदेखि नै भरिभराउ बनेको उहाँले बताउनुभयो ।
रुरु धाम क्षेत्रको कालीगण्डकी नदीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण, ऋषि ऋण तिरिने धार्मिक विश्वास छ ।

सोही अवसरमा श्रद्धालुहरूको भीड लाग्ने गर्दछ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ । रिडी क्षेत्रमा प्राचीन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक विश्वास रहेको अध्यक्ष भट्टराईले बताउनुभयो । रिडीसंगै तनहुँको देवघाटमा समेत भब्यरुपमा मेला आयोजना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय