LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवलमा युवा पत्रकारलाई लक्षित गरेर डिजिटल प्रविधि तथा अनलाईन व्यवस्थापन तालिम सुरु गरिएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषदको आयोजना तथा सञ्चारिका समुह लुम्बिनीको समन्वयमा तीन दिने तालिम सञ्चालन गरिएको हो ।


पत्रकारमा पछिल्लो डिजिटल प्रविधिका बारेमा जानकारी गराउन र अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित गराउन सहयोग पुर्याउन तालिम आयोजना गरिएको युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोविन्द केसीले जानकारी गराउनु भयो ।

तालिमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले पत्रकारले लेख्ने समाचार निश्पक्ष र स्वतन्त्र भएर लेख्नुपर्ने बताउनु भयो । निश्पक्ष भएर समाचार लेख्दा त्यसले सबैलाई न्यायन गर्ने बताउँदै अन्यायका विरुद्ध कलम चलाउने पत्रकारले कसैलाई अन्याय हुनेगरी समाचार लेख्न नहुने भनाई राख्नुभयो ।


त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र टुनाटेक्नोलोजिका सर्वजित मिश्रा, अमृता अनमोल,माया केसी लगायतले बोल्नु भएको थियो । तालिमा २५ जना सहभागि रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय