स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा कञ्चन गाउँपालिकाको वडा नंं २ मा रहेको गजेडी माध्यमिक विद्यालयमा रक्त परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक विद्यालयका किशोरीहरुको रक्त परिक्षण कार्यक्रममा ९३ जना किशोरीहरुको रक्त परिक्षण गरिएको थियो ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने किशोरीहरुको रगत समूह पत्ता लगाउन तथा स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिने उद्देश्यले रक्त परिक्षण गरिएको बताइएको छ ।




जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले प्रत्येक बर्ष रुपन्देहीका सामुदायिक विद्यालयहरुमा किशोरीहरुको स्वास्थ्य अवस्था बुझ्न रक्त परिक्षण गर्ने गरिएको जनाएको छ ।
स्वास्थ्य परिक्षणबाट किशोरीहरुमा हुने रक्तअल्पता, विभिन्न रोगहरुको संक्रमण र रगत परिक्षणबाट स्वास्थ्यमा पूर्व सचेतनाका लागि पनि सहयोग पुग्ने भएकाले रक्त परिक्षण गरिएको बताइएको छ ।




