LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

पाल्पाको रम्भा गाउँपालिका १, स्थित कालिगण्डकी करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कालिगण्डकी करिडोर सडकखण्ड अन्तर्गत रम्भा १ भोवरमा ग १४ प ३७५ नम्बरको मोटरसाईकल दुर्घटनामा परी २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आइतबार राति करिब ११ बजेको समयमा बुटवलबाट रम्भा १ असेर्दी घरतर्फ जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो ।

जिटीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाग्रस्त मोटरसाइकल सडकदेखी झण्डै २ सय मिटर तल कालिगण्डकी किनारामा खसेको थियो । मृतकको शव पोष्टमार्टमका लागि रामपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय