LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका स्थानीय विकास कोष शाखाको आयोजनामा सामुदायिक संस्थाका अध्यक्ष मेनेजर तथा सदस्यहरुलाई एक दिने नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।

सैनामैना नगरपालिकाको सभाहलमा आयोजित तालिममा सैनामैना नगर क्षेत्रका करिव १ सय ३० जना बढीको सामुदायिक संस्थाका अध्यक्ष, मेनेजर र सदस्यहरुको सहभागिता रहेको थियो ।

तालिमको बिषयमा जानकारी दिदै सैनामैना नगरपालिका स्थानीय विकास कोषकी अध्यक्ष पार्वती ज्ञवालीले अध्यक्ष, मेनेजर तथा सदस्यहरुलाई एक दिने नेतृत्व तथा क्षमता विकास तालिम दिएर समूहमा नेतृत्व गर्ने क्षमता बढाउने तथा सिकाई अभिबृद्धि गर्न सहजीकरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय विकास कोष सैनामैनाकी सदस्य सचिव लक्ष्मी खनालले एक दिने नेतृत्व तथा क्षमता विकास तालिम दिएर सामुदायिक संस्थाका अध्यक्ष, मेनेजर र सदस्यहरुलाई आफ्नो संस्थाको नेतृत्व सक्षमरुपमा चलाउन र संस्थालाई अझै बलियो बनाउन सहयोग पुगोस भनेर तालिम आयोजना गरिएको बताउनु भयो । उहाँले सामुदायिक संस्था सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ तालिम आयोजना गरिएको बताउनु भयो ।

तालिममा सैनामैना नगरपालिकाका वडा नं. १ देखि ११ सम्मका सामुदायिक संस्थाका अध्यक्ष, मेनेजर तथा सदस्यहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण योग प्रशिक्षक तथा सञ्चारकर्मी ऋषि न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय