LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ मा रहेको पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव फागुन १० गते हुने भएको छ ।

स्वर्ण जयन्तीको पूर्व सन्ध्यामा शुक्रवार भूतपूर्व विद्यार्थीहरुको भेला विद्यालय परिसरमा सम्पन्न भएको छ । भेलाले भूतपूर्व विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल वस्यालको प्रमुख आतिथ्यतामा भएको भेलामा विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले विद्यालयको विद्यमान अवस्था र फागुन १० गते हुने स्वर्ण महोत्सवको तयारीका बिषयमा जानकारी गराउनु भएको थियो ।

उहाँले विद्यालयमा अध्ययन गरेका तर अहिले देश तथा विदेशमा रहेका सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई स्वर्ण महोत्सवलाई भब्यरुपमा मनाउने क्रममा नैतिक तथा भौतिक रुपमा सहयोगमा जुटन समेत आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले विद्यालयको स्वर्ण महोत्सवको अवसरमा भूतपूर्व विद्यार्थीहरुलाई आर्थिक, भौतिक र नैतिकरुपमा सहयोग गर्न आग्रह गर्दै विद्यालयलाई कुनैपनि समयमा पर्न सक्ने समस्यामा सहयोग गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय