LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

६२ औ नेपाल नर्सिङ दिवसको अवसरमा रोटरी क्लब अफ बुटवल डाउनटाउन र ओम महिला तथा बाल अस्पताल प्रालिले सोमबार ३२ जना रिटायर्ड नर्सहरुलाई खादा, सम्मानपत्र र टिकाबाट सम्मान गरेको छ ।

सरकारी अस्पतालमा रहेर न्युनतम ३० वर्ष सेवा गरेका नर्सहरुलाई दिवसमा सम्मान गरिएको रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमालले बताउनुभयो । आफै पनि ४० वर्ष लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सिङ सेवा गर्नुभएकी उहाँले आफनो कार्यकालमा सम्मानको नयाँ कार्य थालनी गर्नुभएको हो ।

सम्मान ग्रहण गर्दै रिटायर्ड नर्स मोहनतारा पछाईले जीवनभर गरेको सेवाप्रति संस्थाबाट दिएको सम्मानले खुसी तुल्याएको बताउनु भयो ।

कार्यक्रममा जोन २५ का एजी सुनिल श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष जीवन अधिकारी, पुर्व अध्यक्ष राजेन्द्र ढकाल, सचिव प्रकाशराज पौडेल, अस्पतालका अध्यक्ष शारदा तिवारीले रिटायर्ड नर्सहरुबाट समाजलाई दिएको योगदान अमुल्य रहेको बताउनु भयो ।

कार्यक्रममा ओम महिला तथा बाल अस्पताल प्रालिका मेडिकल सुपरिटेन्डेन्ट डा. शर्मिला शर्माले स्वास्थ्य र महिलाहरुलाई प्राथमिकतामा राखेर अस्पताल खोलिएको बताउँदै महिला सशसक्तिकरणलाई टेवा दिने गरि अधिकाश महिला शेयरधनी र ब्यवस्थापनमा अस्पताल संचालन भएको बताउनु भयो ।

अस्पतालमा २५ जना शेयर सदस्यहरुको करीब १० करोड रुपैया लगानीमा प्रसुति सेवा, खोप, एनआईसियु, ओपिडि, २४ घण्टा ईमेरजेन्सी, अपरेसन, औषधी, प्रयोगशाला सेवा उपलब्ध भैरहेको उहाँले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय