LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । बिहान दिपायलमा सबैभन्दा धेरै ११ दशमलव ३ मिलिमिटर पानी परेको छ । यस्तै डडेलधुरामा ९, धनगढीमा ६ दशमलव ५, वीरेन्द्रनगरमा ४ दशमलव २, जुम्लामा २ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

तीनवटा प्रदेशका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार आज बेलुकीसम्म काठमाण्डौसहित बाग्मती, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।

तर, मधेश प्रदेश र कोशी प्रदेशका तराई भेगमा भने तत्काल पानी पर्ने सम्भावना नदेखिएको उहाँले बताउनुुभयो । अस्ति पश्चिमबाट भित्रिएको पश्चिमी वायुको प्रभाव आज रातिसम्म रहने र फेरि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको पनि उहाँको भनाइ छ । मध्य तथा पूर्वी तराईका थोरै ठाउँहरुमा बिहानपख हुस्सु लागेको र अब धेरै ठाउँमा हुस्सु हट्दै जाने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय