LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाको गाउँसभाले पालिकाको विपद व्यवस्थापन जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको बिधेयक २०८० सर्वसम्मतिले पारित गरेको छ ।
कञ्चन गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका सभाअध्यक्ष नवराज ढकालले उक्त विधेयक पारित गर्न गाउँसभामा प्रस्तुत गर्दा सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले उक्त विधेयक छलफलका लागि सभामा प्रस्तुत गर्नुभएको थियो ।

 

त्यसैगरी गाउँसभामा सभाको अध्यक्षको हैसियतले पालिका अध्यक्ष ढकालले २०८० साल पौस मसान्तसम्म भएका कार्यपालिकाका निर्णयहरु तथा कञ्चन गाउँपालिकाबाट प्रदान गरिने ब्यक्तिगत तथा आर्थिक सहायत सम्वन्धि कार्यलाई व्यवस्थित गर्न बनेको ऐन २०८० बमोजिम भएको खर्च तथा सेवा परामर्शमार्फत संचालन भएका तालिम तथा कार्यक्रमको अनुमोदन र स्वीकृतिको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन गाउँपालिकाको सभाहलमा गत माघ १५ गतेद सोमबारदेखि सुरु भएको हो ।
गाउँपालिकाका अध्यक्ष ढकालले १५ औं अधिवेशन हिउँदै अधिवेशन भएकोले यो अधिवेशनलाई बिधान कार्यान्वयन अधिवेशनको रुपमा अघि बढाउनु जनाउनुभएको थियो ।
गाउँसभाको सुरुको दिन प्रम्ुख प्रशासकीय अधिकृत सागर गौतमले अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय