LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ६ का सुरज भण्डारीलाई जोर्डनको जेलबाट छुटाउन कलौनी ब्रदर्श फर सोसाईटीले सुरज बचाउ अभियान सुरु गरेको छ । सुरजलाई जेलबाट छुटाउन ठूलो धनराशी आवश्यक पर्ने भएकोले सांगीतिक कार्यक्रममार्फत सहयोग संकलन अभियान सुरु भएको छ ।
शनिवार सुरु भएको सहयोग अभियानमा सहयोग गरेर सुरजलाई जेलबाट छुटाउन अभियानमा संलग्न युवाहरुले आग्रह गरेका छन । सैनामैना वडा नं. ६ का समाजसेवी युवा प्रेम थापाले सुरज बचाउ अभियानमा आर्थिक रुपमा सहयोग गरिदिन सवैसंग आग्रह गर्दै सुरजको घर परिवारको अवस्था अत्यन्त नाजुक रहेकोले उनलाई छुटाउन अभियान सुरु भएको र यसमा जोडिन सवैसंग आग्रह गर्नुभयो । उहाँले कलौनी ब्रदर्शले सुरु गरेको अभियानमा सहयोग गरिदिन देश तथा विदेशमा रहेका सवै नेपालीहरुसंग आग्रह गर्नुभयो ।

कलौनी ब्रदर्शका सदस्य प्रसन्न पन्तले सुरज भण्डारी बचाउ अभियान कलौनी बजारबाट सुरु गरिएको बताउँदै सुरजलाई जस्तो समस्या जसलाई पनि पर्न सक्ने भएकोले सुरजलाई जेलबाट छुटाएर नेपाल ल्याउन सुरु गरिएको सहयोग संकलन अभियानमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।

सुरज विगत ६ महिनादेखि जोर्डनको जेलमा रहेका छन । उनी युएईमा ट्रक चालकको रुपमा काम गर्दै आएकोमा सिरिया पुगेर फर्किनेक्रममा जोर्डनमा उनलाई पक्राउ गरि जेलमा राखिएको हो । उनी निर्दोष रहेको र उनलाई छुटाउन अहिले परिवारसंगै सैनामैनाबाट अभियान थालिएको कलौनी ब्रदर्शका सहयोग अभियानका संयोजक सुमित श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय