sainamaina
सैनामैना, २२ माघ ।
रुपन्देहीको सैनामैना नगरपालिका वन परियोजना अन्तरगत सम्पादन भएका काममा उत्कृष्ट हुन सफल भएको छ ।
सम्मृद्धिका लागि वन परियोजना अन्तर्गत आर्थिक बर्ष २०७९÷२०८० मा सैनामैनासहित बाँकेको बैजनाथ गाउँपालिका र दाङ देउखुरीको राप्ती गाउँपालिका उत्कृष्ट हुन सफल भएका हुन ।

परियोजना अन्तर्गत सम्पन्न भएका काम र कृयाकलाप मूल्याँकन गर्न गठित मुल्यांकन समितिले पालिकाहरुमध्ये तीनवटा पालिकालाई उत्कृष्ट मुल्यांकन गरेको हो । सम्मृद्धिका लागि वन परियोजना रुपन्देहीका सैनामैना, कञ्चन, तिलोत्तमा, लुम्बिनी साँस्कृतिक र देवदह नगरपालिका सहित ४० बढी पालिकामा लागू भएको हो ।

विश्व बैंकको सहयोगमा गएको बैशाखदेखि सुरू भएको परियोजनाले स्थानीय समुदायमा बन संरक्षण, प्रवद्र्धनमार्फत जनताको जीवनस्तर माथि उठाउने लक्ष्य राखेको छ ।




