नेपाल रेडक्रस सोसाईटी अर्घाखाँची शाखा स्थापना भएको ५० बर्ष प्रवेश गरेको अवसरमा स्वर्ण जयन्ती मनाइने भएको छ ।
२०४० माघको २९ गते दुर्गाबहादुर शाहको नेतृत्वमा तदर्थ समितीबाट अगाडी बढेको रेडक्रसले ५० औं बर्षगाठको अवसरमा बिबिध कार्यक्रम गरि मनाउन लागेको रेडक्रस जिल्ला शाखाले सन्धिखर्कको आफ्नै कार्यालयमा पत्रकार भेटघाट गरि जानकारी दिएको छ ।



विपतको अवस्थामा मानविय सेवा, राहत, उद्धार र समुदायको विकास लगायतका क्षेत्रमा काम गर्दे आएको रेडक्रसले माघ २८, २९ र फागुन १ गते बिभिन्न कार्यक्रम गर्न लागेको रेडक्रस अर्घाखाँची शाखाका सभापति कुशल भुसालले बताउनुभयो ।
स्थापना दिवशको अवसरमा मेगा रक्तदान क्याम्प, रेडक्रसको तथ्य, तथ्याङ्ग, ईतिहास सहितको स्मारिका प्रकाशन, साधारण सभा, ब्लड क्लव गठन र प्रमाणपत्र बितरण गर्ने गरि कार्यक्रम गर्न लागिएको हो ।
रतmदान कार्यक्रममा लायन्स क्लव अफ अर्घाखाँचीले पनि सहकार्य गरेर जाने क्लवका अध्यक्ष प्रकाश परियारले बताउनुभयो ।
पत्रकार सम्मेलनका प्रमुख अतिथी समेत रहेका पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले रक्तदानसंगै ब्लड क्लव खोलेर अगाडी बढ्ने निकै राम्रो र सराहनिय कार्य भएको भन्दै उक्त कार्यक्रममा पत्रकार महासंघ र अर्घाखाँची जिल्लाका सवै मिडियाकर्मीहरुले खुलेर सहयोग गर्ने बताउनु भयो ।
रेडक्रस शाखाका मन्त्री तुल्सीराम पौडेलको स्वागत मन्तब्य, कार्यालय सचिब ठाकुर अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा रेडक्रशका चन्द्र बन्जाडे, हरि केसी, कमल घिमिरे, अम्बिका श्रेष्ठ, लायन्स क्लवका सचिव प्रदिप आचार्य लगायतको उपस्थिति रहेको थियो ।




