LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ मा रहेको दुधराक्ष बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नवौं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले भोलिका दिनमा खानेपानीको बिषयमा मात्रै होइन सरसफाईका क्षेत्रमा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले खानेपानीको धारामा आएको पानीको पुनः प्रयोगमात्र होइन त्यसको सदुपयोग कसरी गरिरहेका छौं, त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

 

साधारण सभाको शुभकामना ब्यक्त गर्दै खानेपानी डिभिजन कार्यालय योगिकुटीका लेखा अधिकृत कृष्ण बञ्जाडेले स्थानीय उपभोक्तालाई सर्वसुलभ र स्वच्छरुपमा खानेपानीको सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

खानेपानी संस्थाका अध्यक्ष मुक्तबहादुर थापाले सैनामैना ९ पिपलडाँडामा दोश्रो फेजको खानेपानीका साथै आमी खानेपानी योजना सैनामैना ७ मा सुरु गर्न सफल भएको बताउनु भयो । उहाँले पिपलडाँडामा खानेपानी योजनाका लागि जग्गा उपलब्ध गराएकोमा पिपलडाँडाँ खानेपानी तथा सरसफाई समितिको नेतृत्वलाई धन्यवाद दिनुभयो ।

 

साधारण सभाको अवसरमा बाँसगढी बजार व्यवस्थापन समितिका अध्यक्ष लोकवहादुर राना, भडछी टोल विकास संस्थाका अध्यक्ष हिराबहादुर खत्री, बुद्धनगर खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद भुसाल र दुधराक्ष बाँसगढी खानेपानी संस्थाका संस्थापक अध्यक्ष एकदेव पौडेलले शुभकामना दिनुभएको थियो ।

संस्थाकी उपाध्यक्ष कमला चौधरीको स्वागतमा भएको साधारण सभाको कार्यक्रममा संचालन सचिव होमबहादुर रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय