LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका ८ भडछामा ११३ बर्ष पुरानो थारु संस्कृति संरक्षण गर्ने उद्देश्यले भडछा महोत्सव सुरु भएको छ ।

नेपालमै पहिलो मानिएको रातीमा सुरु भएर रातीमै सकिने भड्छा महोत्सव थारु संस्कृतिसंग जोडिएको छ ।

स्थानीय थारु समुदायका अगुवाहरुले थारु संस्कृति संरक्षण गर्ने अभियानकै रुपमा आजभन्दा ११३ बर्षअघिदेखि भड्छा मेलालाई निरन्तरता दिदै आएका छन ।
‘हाम्रो सस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नारा सहित विगतका बर्ष जस्तै यस बर्षपनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानिय कला संस्कृतीको जगेर्ना गर्ने उद्देश्यसहित महोत्सव आयोजना भएको हो ।

हरेक बर्ष माघे औंशीको अवसरमा यहाँ तीन दिन मेला लाग्दै आएको छ । त्यसैक्रममा विहिवार राती भड्छा महोत्सवको लुम्बिनी प्रदेश सभाका सदस्य भूमिश्वर ढकालले एक समारोहका बीच उदघाटन गर्नुभयो ।

त्यस अवसरमा बोल्दै प्रदेश सभा सदस्य ढकालले भड्छा महोत्सव आफैमा एउटा इतिहास हो भन्दै यसले आफैमा एउटा इतिहासलाई स्थापित गरेको छ भन्नुभयो । उहाँले विगतको प्रदेश सरकारले लुम्बिनी प्रदेशमा धेरै बसोबास रहेको थारु समुदायको ठूलो चाड माघीको अवसरमा दुई दिन बिदा दिने प्रचलन सुरु गरेर यस क्षेत्रका थारु समुदायको पहिचान संरक्षणमा टेवा पु¥याएको बताउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले भड्छा महोत्सव नेपालकै नालौ महोत्सव भएको बताउँदै यसले थारु संस्कृति संरक्षणमा टेवा पु¥याउने विश्वास ब्यक्त गर्नुभयो ।

मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनालले थारु समुदायको पहिचान संरक्षण गर्न, संस्कृति संरक्षण गर्न यो महोत्सव सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।

मेलामा थारु संस्कृति झल्किने पहिरन, पुरानो सामाग्री, थारु समुदायको ऐतिहासिक बडका नाच, झुमडा नाच, थारु परिकारका स्टलहरु, वडा स्तरिय झुमडा नाच प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय