LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका ८ भडछामा ११३ बर्ष पुरानो थारु संस्कृति संरक्षण गर्ने उद्देश्यले भडछा महोत्सव सुरु भएको छ ।

नेपालमै पहिलो मानिएको रातीमा सुरु भएर रातीमै सकिने भड्छा महोत्सव थारु संस्कृतिसंग जोडिएको छ ।

स्थानीय थारु समुदायका अगुवाहरुले थारु संस्कृति संरक्षण गर्ने अभियानकै रुपमा आजभन्दा ११३ बर्षअघिदेखि भड्छा मेलालाई निरन्तरता दिदै आएका छन ।
‘हाम्रो सस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नारा सहित विगतका बर्ष जस्तै यस बर्षपनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानिय कला संस्कृतीको जगेर्ना गर्ने उद्देश्यसहित महोत्सव आयोजना भएको हो ।

हरेक बर्ष माघे औंशीको अवसरमा यहाँ तीन दिन मेला लाग्दै आएको छ । त्यसैक्रममा विहिवार राती भड्छा महोत्सवको लुम्बिनी प्रदेश सभाका सदस्य भूमिश्वर ढकालले एक समारोहका बीच उदघाटन गर्नुभयो ।

त्यस अवसरमा बोल्दै प्रदेश सभा सदस्य ढकालले भड्छा महोत्सव आफैमा एउटा इतिहास हो भन्दै यसले आफैमा एउटा इतिहासलाई स्थापित गरेको छ भन्नुभयो । उहाँले विगतको प्रदेश सरकारले लुम्बिनी प्रदेशमा धेरै बसोबास रहेको थारु समुदायको ठूलो चाड माघीको अवसरमा दुई दिन बिदा दिने प्रचलन सुरु गरेर यस क्षेत्रका थारु समुदायको पहिचान संरक्षणमा टेवा पु¥याएको बताउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले भड्छा महोत्सव नेपालकै नालौ महोत्सव भएको बताउँदै यसले थारु संस्कृति संरक्षणमा टेवा पु¥याउने विश्वास ब्यक्त गर्नुभयो ।

मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनालले थारु समुदायको पहिचान संरक्षण गर्न, संस्कृति संरक्षण गर्न यो महोत्सव सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।

मेलामा थारु संस्कृति झल्किने पहिरन, पुरानो सामाग्री, थारु समुदायको ऐतिहासिक बडका नाच, झुमडा नाच, थारु परिकारका स्टलहरु, वडा स्तरिय झुमडा नाच प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय