LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

माघ २७, २०८०

दिनेश खनाल बुटवल । एघारौ जिल्ला स्तरिय अन्तर मा.वि. दिप गायन तारा फागुन ४ र ५ गते हुने भएको छ । बिद्यालयले आफ्नो ४३ औ स्थापना दिवसको अबसरमा एघारौ जिल्ला स्तरिय अन्तर मा.वि. दिप गायन तारा गर्न लागेको प्राचार्य टिकाराम न्यौपानेले बताए ।

प्रतियोगिता दुई चरणमा हुनेछ । प्रथम चरण फागुन ४ गते साढे १० बजे देखि हुनेछ । यस चरणमा प्रतियोगिले ट्रायविना गीत गाउनु पर्ने र यस चरणबाट उत्कृष्ट २० जनालाई दोस्रो चरणका लागि छनोट गरिने उनले पत्रकार सम्मेलन मार्फत जानाकारी दिए ।

त्यस्तै दोस्रो चरण फागुन ५ गते हुनेछ । उक्त दिन प्रथम चरणबाट छानिएका उत्कृष्ट २० जनाले ट्राय सहित गीत गाउने कार्यक्रम संयोजक बालकृष्ण पाठकले जानाकारी दिए ।

दोस्रो चरणमा परतियोगिले ट्रायक सहित एउटा राष्ट्रिय गीत र एउटा स्वैच्छिक गीत गाउनु पर्ने उनले बताए ।

 

प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार द्वितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्त्वना हुने २ जनालाई नगद २ हजार सहित सिल्ड मेडल र प्माणपत्र प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा सम्पन्न गर्न कुल ६ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगतामा कक्षा १२ सम्मका बिद्यार्थीहरुले सहभागिता जनाउने पाउने बिद्यालयले जनाएको छ ।

यस प्रतियोगितामा हालसम्म अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षापरियार, सक्सेस पाण्डे, कुशल आचार्य र विवेक पङगेनी गरी जम्मा १० जना विद्यार्थीहरू दीप गायन तारा बन्न सफल भएका छन् भनेविजेता ती विद्यार्थीहरू हाल राष्ट्रिय कलाकारिताको क्षेत्रमा स्थापित भएको प्राचार्य न्यौपानेले बताए ।

 

दीप बोर्डिङ हाई स्कुल २०३७ फागुन ५ गते स्थापना भएको संस्थागत विद्यालय हो । यस विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्तक्रियाकलाप मार्फत् विद्यार्थीहरूमा अन्तर्निहित क्षमताको प्रस्फुटन गर्दै आइरहेको छ । यस विद्यालयले नगर, जिल्ला र राष्ट्रव्यापीकविता लेखन, वक्तृत्वकला, वादविवाद, निबन्धलेखन, हाजिरीजबाफ, चित्रकला, भलिबल, टेबलटेनिस, कराँते, कबड्डी लगायतविभिन्न प्रतियोगितामा अब्बल नतिजा ल्याउँदै आइरहेको बिद्यालयले जनाएको छ।

पत्रकार सम्मेलन कार्यकम शिक्षक पुरुशोत्तम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय