रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ४ मा रहेको प्रभात इङलिश बोर्डिङ सेकेण्डरी स्कुलले आफ्नो ३२ औं बार्षिक उत्सव शनिवार स्कुल प्रांगणमा एक कार्यक्रम गरि मनाएको छ ।
बार्षिक उत्सव कार्यक्रमलाई सम्वोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले प्रभातका विद्यार्थीहरुले शैक्षिक मात्र होइन सामाजिक क्षेत्रमा पनि उत्कृष्टता हासिल गरेको बताउनु भयो । उहाँले राजधानीमा गएर हे¥यो भने प्रभातका विद्यार्थी भन्ने वित्तिकै सम्मानको नजरले हेर्ने गरिएको बताउँदै त्यसको प्रमुख कारण भनेको प्रभातको पढाई उत्कृष्ट छ, यहाँको पढाई अब्बल भएकै कारण हो भन्नुभयो ।
त्यसैगरी कार्यक्रममा प्याब्सन नेपालका केन्द्रिय सचिबालय सदस्य तथा रुपन्देही प्याब्सनका प्रमुख सल्लाहकार लेखनाथ पौडेलले प्रभात बोर्डिङ स्कूलले दिएको शिक्षाको बिषयमा चर्चा गर्नै नपर्ने बताउँदै यस क्षेत्रको गरिमा र यो क्षेत्रको महिमाको रुपमा प्रभातले आफ्नो उचाई हासिल गरेको बताउनु भयो ।



प्रभात बोर्डिङ स्कुलका प्रिन्सिपल अनन्तराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रवन्ध निर्देशक मिना भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक प्रदीप पौडेल, विद्यार्थी अनुस्का शर्मा र सञ्चित घिमिरेले पनि प्रभात बोर्डिङ स्कुलको बार्षिकोत्सवको सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको संचालन शिक्षक चन्द्र पन्थीले गर्नुभएको थियो भने बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको विभिन्न बिधामा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।




