LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

स्वतन्त्र विद्यार्थी युनियन सहिद नारायण पोखरेल रामापुर क्याम्पसद्वारा आयोजित स्ववियु कप २०८० को समापन तथा पुरस्कार वितरणका साथै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम आईतवार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) ले नेपाली युवाहरु पढ्नका लागि विदेश जाने कुरालाई अस्वाभाविक रुपमा लिन नहुने बताउनु भएको छ । उहाँले विदेशमा गएर सिकेको सिप नेपाल आएर यहाँ लागू गर्ने र प्रयोग गर्ने कुरा महत्वपूर्ण रहेको भन्दै नेपालको जनशक्ति विदेशमै पलायन हुनुहुँदैन भन्नुभयो ।


कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले स्ववियूले विभिन्न रचनात्मक कृयाकलाप देखाएर नयाँ आगन्तुक विद्यार्थीहरुलाई नयाँ परिवेशमा समाजलाई पहिचान गर्नुपर्दो रहेछ, देशलाई चिन्नुपर्दो रहेछ र जनताका समस्यालाई बुझ्नपर्दो रहेछ र क्याम्पसलाई शैक्षिक वातावरणमय बनाउनु पर्दो रहेछ भन्ने कुरा विद्यार्थीलाई बुझाउन र सिकाउन मद्दत गरेको बताउनु भयो ।


त्यसैगरी सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले शिक्षा बिना केही पनि हुन सक्दैन र गर्न सकिदैन भन्ने कुरा हामी सवैले जानेबुझेको कुरा हो भन्दै शिक्षालाई नै ध्यान दिएर विद्यार्थीलाई अघि बढ्न आग्रह गर्नुभयो । उहाँले शिक्षा बिना बिदेश वा देश जहाँ गएपनि काम नपाइने अवस्था भएकोले शिक्षालाई नै प्राथमिकता दिन नवआगन्तुक विद्यार्थीसंग आग्रह गर्नुभयो ।


स्वतन्त्र विद्यार्थी युनियन सहिद नारायण पोखरेल रामापुर क्याम्पसका स्ववियू सभापति मनोज बेलबासे क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका अध्यक्ष यदुलाल पन्थ, प्रिन्सिपल हेमबहादुर थापा, मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनाल, सैनामैना नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गोपाल पोखरेल लगायतले बोल्दै नव आगन्तुक विद्यार्थीको शैक्षिक उन्नयनको शुभकामना दिनुभएको थियो ।


स्ववियू सचिव शिव न्यौपानेको संचालनमा भएको कार्यक्रममा स्ववियू कप २०८० मा बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने नवआगन्तुक विद्यार्थीहरुलाई खादा लगाएर स्वागत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय