LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल, २ फागुन– दिनेश खनाल
रूपन्देहीको बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलमा नवनिर्मित दीप बाल उद्यानको सरस्वती पूजनका दिन बुधबार उद्घाटन गरिएको छ । खास गरी बालकक्षा र नर्सरीका विद्यार्थीलाई खेलकुदसँगै रमाइलो वातावरणमा शिक्षण सिकाइ क्रियाकलापलाई सघाउ पु¥याउने उद्देश्यले निर्माण गरिएको उक्त उद्यानको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले ढोकाको ताल्चा खोली रिबन काटेर उद्घाटन गर्नुभयो ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्यहरू ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यसहित अभिभावकहरूको सहभागिता रहेको चियो ।

यसैबिच विद्यालयमा वसन्तपञ्चमी तथा श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा अर्चनाका साथै विद्यालयमा भर्ना गराउन ल्याइएका ससाना नानीबाबुहरूको अक्षरारम्भ गरी हर्षोल्लासका साथ मनाइएको छ । तिलोत्तमा–१, नयाँमिलस्थित दुर्गा वैदिक संस्कृत विद्यापीठमा अध्ययनरत संस्कृत विषयका पाँच जना वटुकद्वारा वैदिक मन्त्रोच्चारण र स्वस्ति शान्ति गरी शास्त्रीय विधिसहित पूजा आरम्भ गरिएको थियो ।

पूजामा विद्यालयका तर्फबाट उपप्राचार्य कलाधर अर्यालले प्रतिनिधित्व गर्नुभएको थियो भने पूजाको नेतृत्व विद्यालयका शिक्षक एवम् नेपाली विषय समिति प्रमुख बालकृष्ण पाठकले गर्नुभएको थियो । सरस्वती पूजाका निम्ति विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, विद्यालयका प्राचार्यसहित शिक्षक शिक्षिका, विभिन्न फाँट र तहगत संयोजकहरू, कर्मचारी, विद्यार्थी र अभिभावक वर्गको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित सबैलाई विधिपूर्वक पूजा गर्न तथा व्यवस्थित रूपमा पञ्चामृत र प्रसाद ग्रहणको व्यवस्था विद्यालयले मिलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय