LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना जेसिज रुपन्देहीको आयोजनामा शुक्रवार सैनामैना ९ को जनचेतना माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरुका लागि बेमौसमी तरकारी खेती सम्वन्धि तालिम दिइएको छ ।

सैनामैना नगरपालिका वडा नं. ९ मा रहेको जनचेतना माविमा भएको तालिमको शुभारम्भ प्रमुख अतिथी जनचेतना माविका प्रधानाध्यापक कमल बेलबासेले गर्नुभयो ।

त्यस अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक कमल बेलबासेले सिकेका कुरालाई ब्यवहारमा प्रयोग गर्ने र ब्यवहारमा प्रयोग गरेका कुराले आफ्नो जीवनलाई सुखमय बनाउने कुरालाई उत्प्रेरणाको रुपमा लिन सक्नुपर्ने बताउनु भयो ।

उहाँले सैनामैना जेसिजले बेमौसमी तरकारी खेती तालिम विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र शिक्षकहरुलाई दिएर तरकारी खेती गर्न सिकाएको मात्र नभै जीवनमा केही गर्नुपर्छ भन्ने आत्मविश्वास दिलाएको बताउँदै तालिम प्रदान गरेकोमा सैनामैना जेसीजलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा सैनामैना जेजिसका अध्यक्ष शिशिर ज्ञवालीले विद्यालयमा यस्ता कुरा सिकाउँदै गर्दा बिद्यार्थीहरुले घरमा गएर समेत तरकारी खेती गर्न उत्साहित हुने भएकोले यस प्रकारको तालिम विद्यालयमा दिएको बताउनु भयो । उहाँले १२ कक्षा पास गरेर विद्यार्थीहरु विदेश गैरहेको बेला यस प्रकारका तालिमले विद्यार्थीलाई स्वदेशमै केही गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणा दिने बताउनु भयो ।

सैनामैना जेजिसका अध्यक्ष शिशिर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सैनामैना जेसिजका पूर्व अध्यक्ष रामचन्द्र ढकालले गर्नुभएको थियो । जेसिज आस्था पाठ अभिनय घिमिरेले गर्नुभएको तालिम कार्यक्रमको संचालन सैनामैना जेसिजका महासचिव भेषराज भण्डारीले गर्नुभएको थियो भने सैनामैना जेसिजका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष बिमल ज्ञवालीले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय