LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका १० मा रहेको पशुपति माध्यमिक विद्यालयको आयोजनामा प्रार्थना व्यवस्थापन र असल विद्यार्थी अभ्यास तथा अभिभावकत्व सम्बन्धि तीन दिने उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।
तीन दिन भएको उत्प्रेरणा सम्वन्धि कार्यक्रमको समापनको अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सिकाई सवैभन्दा महत्वपूर्ण कुरा रहेको बताउँदै विद्यालयले आयोजना गरेको उत्प्रेरणा कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक सवैलाई नयाँ सन्देश दिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै पशुपति माध्यमिक विद्यालयका अध्यक्ष हरि पोखरेलले तीन दिने प्रार्थना व्यवस्थापन तथा असल विद्याथी तथा अभिभावकत्व सम्वन्धि उत्प्रेरणा कार्यक्रमले शिक्षक, विद्यार्थी, अभिभावक सवैमा हौसला थपेको बताउनु भयो । उहाँले अव अभिभावकहरु विद्यालयमा अनिवार्य उपस्थित भएर आफ्ना विद्यार्थीहरुको पढाईको बिषयमा जानकारी लिनुपर्ने बताउनु भयो ।

प्रशिक्षक हरिश ओलीले तिन दिने उत्प्रेरणा तालिमको प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापाको स्वागतमा भएको कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेलबासे, प्रशिक्षक हरिश ओली लगायतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक नारायण भुसालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय