LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

हरैया बहुमुखी क्याम्पस कञ्चन ३ हरैया रुपन्देहीको १७ औं बार्षिक उत्सव बिहिबार सम्पन्न भएको छ ।
क्याम्पसको बार्षिक उत्सव समापन समारोहलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकालाई उच्च शिक्षाको केन्द्र बनाउन हरैया बहुमुखी क्याम्पसको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहााले क्याम्पसबाट प्रदान हुने शिक्षालाई अझ गुणस्तरिय, ब्यबस्थित र समय अनुसारको बनाउन बिषयहरु थप्दै जानुपर्ने उल्लेख गर्नुभयो ।
यस्तै कञ्चन गाउपालिकाका पूर्व अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले कञ्चन र कञ्चनसंग जोडिएका स्थानीय तहका बिधार्थीहरु जो उच्च शिक्षा अध्ययनका लागि घरबाट बाहिर निस्किन नसकेकाहरुका लागि उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न हरैया बहुमुखी क्याम्पसको अवधारणा अगाडी सारिएको स्मरण गर्नु भयो । त्यसैगरी कञ्चन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले हरैया बहुमुखी क्याम्पसको हरेक पक्षको बिकास र बृद्धिका लागि वडा र सम्बन्धित सरोकार पक्षसंग समन्वय र सहकार्य गरी अगाडी बढ्न सदैब तत्पर रहदै आएको र आगामी दिनहरुमा पनि त्यसको निरन्तरता रहने प्रतिबद्धता जनाउनु भयो ।
हरैया बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश खनालले क्याम्पसको बार्षिक शैक्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा हरैया बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका निवर्तमान अध्यक्ष लिला कुमारी पौडेल, मोहम्मद इश्लाम, प्रेमचन्द्र पोख्रेल, हिमा बेलवासे लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा क्याम्पस संचालनका लागि सहयोग गर्नु हुने आजिवन क्याम्पस सभा सदस्यहरुलाई सम्मान गरिएको कार्यक्रममा क्याम्पसबाट उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने बिधार्थीहरुलाई समेत सम्मान गरिएको कार्यक्रममा बिधार्थीहरुले बिभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
क्याम्पस संचालन समितिका अध्यक्ष चुडामणी शर्माको अध्यक्षता तथा उपाध्यक्ष लेखनाथ पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा लेखापाल कपिलमणी पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय