LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकामा फागुन ३ गते देखि जारी रुपन्देही जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत हिजो दोश्रो दिन मार्शल आर्टका सबै इभेन्ट, एथेटिक्स तर्फ ज्याभलिन थ्रो, शटपुट, १५ सय मिटर, १ सय मिटर, २ सय, ४ सय, ८ सय र रिलेका केही इभेन्टहरु सकिएको छ। अहिलेसम्मको परिणाम अनुसार बुटव उपमहा नगरपालिकाले १९ स्वर्ण १४ रजत र १३ काश्य गरी ४६ पदक सहित रनिङ्ग शिल्डको दावेदारीको अग्रस्थानमा रहेको छ।


यस्तै १३ स्वर्ण १४ रजत र ८ काश्य सहित ३५ पदक सहित तिलोत्तमा नगरपािलका दोश्रो स्थानमा रहेको छ भने ४ स्वर्ण ५ रजत ५ काश्यगरी १४ पदक सहित तेश्रो स्थानमा रहेको छ। यसैगरी ३ स्वर्ण २ रजत ६ काश्य सहित सैनामैना चौथो स्थानमा रहेको छ भने २ स्वर्ण ३ रजत ७ काश्य सहित देवदह पाचौं स्थानमा रहेको रुपन्देही खेलकुद बिकास समितिले जनाएको छ।

आज प्रतियोगिताको अन्तिम दिन छात्र छात्रा तर्फको कबड्डी, भलिवल फाइनल खेल, ३ हजार मिटर दौड, रिले र हाइजम्प सहित सम्पुर्ण खेलहरु संचालन हुने आयोजकले जनाएको छ।

कञ्चन ३ को धमिनाताल खेल मैदानमा संचालन भइरहेको उक्त प्रतियोगिताको समापन आज दिउस १ बजे कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु हुने रुपन्देही खेलकुद बिकास समितिका कार्यवाहक अध्यक्ष जय बहादुर सुनारले जानकारी दिनु भएको छ।

प्रतियोगितामा रुपन्देहीका ११ स्थानीय तहका १४ सय भन्दा बढी बिधार्थीहरुले ३७५ पदकका लागि प्रतिस्पर्धा गरिरहेको रुपन्देही खेलकुद बिकास समितिका कार्यलय सदस्य अर्जुन क्षेत्रीले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय