LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

 

रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।
दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट उम्मेदवार बनेका एकबहादुर क्षेत्री ७०५ मत पाएर विजयी भएका हुन् ।

चुनावमा रास्वपाका निकटतम प्रतिस्पर्धी कांग्रेस–माओवादी–एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६२६ म पाए । नेकपा एमालेका नारायण थापाले ६४१ र स्वतन्त्र उम्मेदवार रेशम खांडले २८१ मत पाए ।

अन्य सबै पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी हुँदा गठबन्धन शून्य भएको छ ।

अधिकांश पदमा रास्वपाका उम्मेदवारहरुले सत्ता गठबन्धनलाई पछि पार्दै दोस्रो स्थानमा मत ल्याएका छन् । उपाध्यक्षमा बाबुराम ज्ञवाली, सचिवमा सुशील भण्डारी, कोषाध्यक्षमा केशरमणि भण्डारी, सहसचिवमा सजिना केसी, महिला सदस्यमा उमादेवी भण्डारी, मिना गिरी, कल्पना खनाल, सदस्यहरुमा दुर्गाबहादुर थापामगर, जयलाल विक, समुन्द्र भित्रकोटी निर्वाचित भएका निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्रीले जानकारी दिए ।

यस्तै लेखा समिति संयोजकमा तमबहादुर विक तथा सदस्यहरुमा कोपिला शाही र कलाधर अर्याल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय